Kathmandu Press

इराकमा आईएसद्वारा आत्मघाती बम विस्फोट : २८ जनाको मृत्यु, ६६ घाइते

बग्दाद, साउन ५ : इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले मंगलबार जानकारी दिएको छ। बग्दादको...
इराकमा आईएसद्वारा आत्मघाती बम विस्फोट : २८ जनाको मृत्यु, ६६ घाइते

बग्दाद, साउन ५ : इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले मंगलबार जानकारी दिएको छ। 

बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। 

Hardik ivf

इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल सरु गुरेको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई  सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरेका छन्। 

इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल–अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता भएको बताएका छन् । 

प्रकाशित मिति: १५:३० बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्