Kathmandu Press

‘बाँदर धपाउन कुकुर लिएर आउनू ’

‘बाँदर धपाउन कुकुर लिएर आउनू ’

सिन्धुपाल्चोक, साउन ५ : बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔं बालिनाली बचाऔँ’ अभियान सुुरुआत गर्ने भएको छ। यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ।  

वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ। वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए।

बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले जानकारी दिए। बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्