जसपाले परित गर्यो संसदीय दलको विधान
काठमाडौं, साउन ५ : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतले पारित गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउसो...
काठमाडौं, साउन ५ : जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतले पारित गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका २० सांसद उपस्थित थिए।
दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ।
प्रकाशित मिति: १४:२५ बजे, मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











