Kathmandu Press

अविरल वर्षाले भत्कियो देशकै पुरानो चन्द्रनहर

राजविराज, साउन ५  : अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ।अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा...
अविरल वर्षाले भत्कियो देशकै पुरानो चन्द्रनहर

राजविराज, साउन ५  : अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ।

अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्‍याएको छ।  

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। उनका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिब ३००  घरसमेत डुबानमा परेको छ। ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ।

यस्तै, जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुबानमा परेका छन्।

तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करिब २०० भन्दा बढी घर डुबेको  गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए।

चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा  परेको जनाइएको छ। रासस

प्रकाशित मिति: १३:४४ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्