Kathmandu Press

बागलुङमा घाँस काट्दा लडेर मृत्यु

बागलङु, साउन ५ : काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।घर नजिकै रहेको झौरियाको भीरमा...
बागलुङमा घाँस काट्दा लडेर मृत्यु

बागलङु, साउन ५ : काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए।

स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

प्रकाशित मिति: १२:४४ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्