Kathmandu Press

कोरोना बढेपछि बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

झापा, साउन ५ : कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ।गाउँपालिकाले...
कोरोना बढेपछि बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल

झापा, साउन ५ : कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ।

गाउँपालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो। गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले गउाँपालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए।

अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ। मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको उनले बताए।

वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको अध्यक्ष भुजेलको भनाइइ छ। पछिल्लो समय कोरोना सङ्क्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि तथा स्थानीय प्रशासनको संयुक्त बैठकले सो निर्णय गरेको हो।

कोरोना सङ्क्रमितहरु नै बजारसम्म तरकारी किन्न जाने र बेवास्ता गर्दै खुलेआम हिँडिरहने कारण पनि कोभिड–१९ को सङ्क्रमण दर बढेको जनाइएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा मात्र १४ जनाको मृत्यु भइसकेको बताए। उनका अनुसार गाउँपालिकाभित्र हालसम्म ३५० सक्रिय सङ्क्रमित रहेका छन्। (रासस)

प्रकाशित मिति: ०८:३० बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्