रोकिराखेको मोटरसाइकलमै भेटियो बृद्धको शव
विराटनगर, साउन ५ : मोरङको विराटनगरमा रोकिराखेको मोटरसाइकलमै एक जना बृद्धको शव भेटिएको छ।गएराति विराटनगर महानगरपालिका ५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै...
विराटनगर, साउन ५ : मोरङको विराटनगरमा रोकिराखेको मोटरसाइकलमै एक जना बृद्धको शव भेटिएको छ।
गएराति विराटनगर महानगरपालिका ५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा बृद्धको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार को ४ प २३१६ नम्बरको मोटरसाइकलमा विराटनगर ५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका हुन्।
उनको शव परीक्षणका लागि कोशी अस्पताल पठाइएको छ। घटना शंकास्पद रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार उनको प्यान्ट च्यातिएको र दाहिने हातमा पनि चोट देखिएको छ। थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ।
प्रकाशित मिति: ०८:०७ बजे, मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











