Kathmandu Press

तीन दिनदेखि विद्युत आपूर्ति अवरुद्ध

डोटी, साउन ५ : लगातारको वर्षाका कारण डोटीको सदरमुकाम सिलगढीमा तीन दिनदेखि विद्युत् सेवा अवरुछ भएको छ।घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक...
तीन दिनदेखि विद्युत आपूर्ति अवरुद्ध

डोटी, साउन ५ : लगातारको वर्षाका कारण डोटीको सदरमुकाम सिलगढीमा तीन दिनदेखि विद्युत् सेवा अवरुछ भएको छ।

घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मर्कामा परेका छन्। आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो।

दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ। अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि कर्मचारी खटिए पनि लगातारको वर्षाका कारण समस्या पत्ता लगाउन नसकिएको विद्युत् कार्यालयका प्रमुख कपिल जोशीले बताए।

अवरुद्ध विद्युत् सेवा मर्मतका लागि प्राविधिक टोली काममै खटिएको उनले जानकारी दिए। विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयको कामकाज आज दिनभरि प्रभावित हुनाका साथै उद्योग, कलकारखाना, घरायसी कामकाजलगायत एफएम रेडियो र पत्रपत्रिकासमेत प्रसारण तथा प्रसारण हुन सकेका छैनन्।

गर्मीको समयमा पनि अवरुद्ध विद्युत् सेवा समयमै पुनः सञ्चालन गर्नका लागि विद्युत् कर्मचारीले लापरबाही गरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन्। (रासस)

 

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, साउन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्