कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघ्यो

काठमाडौं, साउन ४ : कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४० लाख ८९ हजार १७५ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ४ लाख ४१ हजार ६५४ जना रहेका छन ।
विश्वभर तीन अर्ब ६३ करोड ६४ लाख ४४ हजार ४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
प्रकाशित मिति: १९:२७ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












