Kathmandu Press

एमाले बैठकमा अनुपस्थित नेपाल समूह जुटे छलफलमा

काठमाडौं, साउन ४ : पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भेला भएका छन्।  आज (सोमबार) ललितपुरको च्यासलस्थित तुलसीलाल...
एमाले बैठकमा अनुपस्थित नेपाल समूह जुटे छलफलमा

काठमाडौं, साउन ४ : पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भेला भएका छन्। 
 
आज (सोमबार) ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकमा नेपाल समूह सहभागी भएन।

आइतबार प्रतिनिधिसभामा नेता नेपाललगायत एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। सोही विषयलाई आधार बनाएर एमालेले नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

केन्द्रीय कमिटीारा सोधिएको स्पष्टीकरण, पार्टी एकता प्रक्रिया, एमाले विवाद समाधानका लागि गठित कार्यदलले बुुझाएको १० बुँदे सम्झौता, आगामी रणनीतिलगायत विषयमा छलफल गर्न नेताहरू भेला भएको एक नेताले बताए।

नेपाल समूहका नेताहरू डल्लुमा भेला भएकाे बुझिएकाे छ।

प्रकाशित मिति: १७:०८ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्