Kathmandu Press

शान्ति सेनामा नेपालबाट खटिएका महिला सिपाही अहिले २९४ जना

काठमाडौं, साउन ४ : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपालले २०५८ सालदेखि शान्ति सेनामा महिला सिपाहीलाई समेत पठाउँदै आएको छ।यतिखेर नेपालबाट शान्ति सेनामा...
शान्ति सेनामा नेपालबाट खटिएका महिला सिपाही अहिले २९४ जना

काठमाडौं, साउन ४ : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपालले २०५८ सालदेखि शान्ति सेनामा महिला सिपाहीलाई समेत पठाउँदै आएको छ।

यतिखेर नेपालबाट शान्ति सेनामा रहेका महिला सेना २९४ रहेको नेपालस्थित राष्ट्रसंघीय नियोगले जनाएको छ। 

आज (सोमबार) सामाजिक सञ्जाल ट्विटरमा सो नियोगले नेपाल शान्ति सेनामा सैनिक योगदान गर्ने मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको जनाएको छ। नेपालबाट हाल ५ हजार ५ सय ७१ जना सैनिक शान्ति सेनामा छन्।

नेपाली सेनाका अहिले विश्वका विभिन्न १२ स्थानमा शान्ति सेनाका रूपमा खटिएका छन्।

नेपालले २०५८ सालमा पहिलोपटक २ जना महिलालाई पठाएकोमा गत वर्ष १ हजार २ सय ६० जना शान्ति सेनामा गइसकेको तथ्यांक छ।  

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्