Kathmandu Press

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते

काबुल, साउन ४ : अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन्। घटनाका कारण अरु पाँच सय भन्दा बढी...
अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते

काबुल, साउन ४ : अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन्। घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ। 

सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ। लडाकू समूहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन्। 

कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ। ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन्। तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरुले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरुका बीचमा ठूलो भिडन्त भएको थियो। तालिबान लडाकूहरुको नियन्त्रणमा रहेका ठाउँहरुलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन्। 
 

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्