Kathmandu Press

सरकारद्वारा गठित समितिले बिपी प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग थाल्यो वार्ता

काठमाडौं, साउन ४ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको अभियानसहित त्यहाँका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनरत छन्।प्रतिष्ठानमा देखा परेका विभिन्न समस्या समाधान...
सरकारद्वारा गठित समितिले बिपी प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग थाल्यो वार्ता

काठमाडौं, साउन ४ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको अभियानसहित त्यहाँका स्वास्थ्यकर्मी एक महिनादेखि आन्दोलनरत छन्।

प्रतिष्ठानमा देखा परेका विभिन्न समस्या समाधान गर्नुपर्ने, त्यहाँका पदाधिकारीबाट भएका अनियमितताबारे छानबिन हुनुपर्ने र तिनीहलाई प्रतिष्ठानबाट हटाउनुपर्ने माग राख्दै प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन्।
 
प्रतिष्ठानमा भइरहेका आन्दोलनबारे अध्ययन गर्न सरकारद्वारा केही दिनअघि मात्र गठित समितिले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल संयोजकत्वको गठित सरकारी टोली आन्दोलनरत पक्षसँग वार्ताका लागि आज (सोमबार) प्रतिष्ठानमै पुगेको छ।

वार्तामा संयाेजक अर्यालसहित हरि लम्साल, डा. गुणराज लोहनीलगायत संलग्न छन् भने आन्दोलनरत पक्षको तर्फबाट डा. एसपी रिमाल, डा. विष्णु पोखरेल, डा. सन्दीप साहलगायत चिकित्सक तथा कर्मचारी सहभागी छन्।

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्