Kathmandu Press

करेन्ट लागेर बालिकाको मृत्यु

लमजुङ, साउन ४ : राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी...
करेन्ट लागेर बालिकाको मृत्यु

लमजुङ, साउन ४ : राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।  

उनले भने, ‘बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो।’ बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताए।  
 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्