Kathmandu Press

पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी, साउन ४ : सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको...
पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी, साउन ४ : सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताए। सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ। 

राजविराज कारागारमा तीन गुणा कैदी

सप्तरीस्थित राजविराज कारागारमा क्षमता भन्दा तीन गुणा कैदीबन्दी रहेका छन् । एक सय २५ जना क्षमता भएको उक्त कारागारमा हाल १४ महिलासहित ३६८ कैदीबन्दी रहेको जेलर सुमन कोइरालाले बताए।

राणाकालमै निर्माण गरिएको मुलुककै पुरानोमध्येको उक्त कारागार हो। कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भरिएपछि कारागारलाई व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको जनाइएको छ। कारागार भवन पुरानो र अति जीर्ण हुनाका साथै क्षमता भन्दा धेरै कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा पनि समस्या भइरहेको जेलर कोइरालाको भनाइ छ।

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्