अछाममा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु
डोटी, साउन ४ : अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु...
डोटी, साउन ४ : अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ। ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको बताइएको छ।
प्रकाशित मिति: १२:२७ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











