गोठमा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु
ओखलढुंगा, साउन ४ : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका६ को एक गोठमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।आईतबार भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ...
ओखलढुंगा, साउन ४ : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ को गोठमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ।
आईतबार भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार आगोमा जलेर घाइते भएकी बालिकाको उपचार गर्न नपाउँदै ज्यान गएको हो।
त्यस्तै, आगलागीमा जलेर गोठमा रहेका दुई गाई र चार खसीबाख्रा पनि मरेका छन्। बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











