Kathmandu Press

प्रधानमन्त्रीको विश्वासको मतमाथि मत विभाजन सुरु, केहीबेरमा नतिजा

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।
प्रधानमन्त्रीको विश्वासको मतमाथि मत विभाजन सुरु, केहीबेरमा नतिजा

काठमाडौं, साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।

त्यसअघि प्रधानमन्त्री देउवाले विश्वासको मत दिन सांसदहरूलाई आग्रह गरेका थिए । उनको प्रस्तावमाथि दलीय हिसाबबाट सांसदहरूले छलफलमा भाग लिएका थिए ।

छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएपछि मत विभाजन प्रक्रिया सुरु भएको हो । केहीबेरपछि मत विभाजनको नतिजा प्राप्त हुनेछ ।
 

प्रकाशित मिति: २१:३० बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्