Kathmandu Press

विश्वासको मतमा सधैँझैँ नेमकिपा तटस्थ

संघीय संसदमा एक मात्र सांसद रहेको नेमकिपा सधैँझैं विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने भएको छ ।
विश्वासको मतमा सधैँझैँ नेमकिपा तटस्थ

काठमाडौं, साउन ३ : संघीय संसदमा एक मात्र सांसद रहेको नेमकिपा सधैँझैं विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने भएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पनि नेमकिपाले विश्वासको मत दिएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने नेमकिपा सांसद प्रेम सुवालले बताए । प्रतिनिधिसभामा जारी छलफलमा उनले यस्तो घोषणा गरेका हुन् ।
 

प्रकाशित मिति: २०:५९ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्