बाढीले घर भत्काउँदा मुम्बईमा २५ को मृत्यु
काठमाडौं, साउन ३ : भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका...
काठमाडौं, साउन ३ : भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो ।
बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ । भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौं मानिस अलपत्र परेको पाइएको छ । बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।
अरूको अन्य ठाउँमा मृत्यु भएको हो । मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: १८:५५ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












