Kathmandu Press

सेती नदीमा बहाव बढ्यो, आसपासका नागरिकलाई सचेत रहन आग्रह

डोटी, साउन ३ : केही दिनयतादेखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ।नदीमा पानीको बहाव बढ्न थालेकाले खतरा बढ्न सक्ने...
सेती नदीमा बहाव बढ्यो, आसपासका नागरिकलाई सचेत रहन आग्रह

डोटी, साउन ३ : केही दिनयतादेखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ।

नदीमा पानीको बहाव बढ्न थालेकाले खतरा बढ्न सक्ने जनाउँदै आसपासका बस्ती बानीडुग्रिसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिका समयमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। 

जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ। जिल्ला प्रशासन कार्यालयले सेती नदीमा पानीको बहाब बढेकाले आसपासका नागरिकलाई सचेत रहन आग्रह गरेको यो दोस्रोपटक हो।

यसभन्दा पहिले गत असारमा पनि नदीमा पानीको बहाब ८.४ क्युसेक पुगेको थियो ।

बाढी मापन केन्द्रका अनुसार ३.५ क्युसेक बहाब हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ। नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ।

त्यसैगरी नदीमा पानीको बहाब बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल र प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। 

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्