Kathmandu Press

जसपा उपेन्द्र–बाबुराम समूहका १९ सांसदले देउवालाई विश्वासको मत दिने

काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र-बाबुराम समूहका १९ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्।जसपा नेता महेन्द्र राय...
जसपा उपेन्द्र–बाबुराम समूहका १९ सांसदले देउवालाई विश्वासको मत दिने

काठमाडौं, साउन ३ : जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र-बाबुराम समूहका १९ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्।

जसपा नेता महेन्द्र राय यादवको अध्यक्षतामा आज (आइतबार) पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको बैठक बसेको उक्त निर्णय गरेको हो।

बैठकमा देउवालाई विश्वासको मत दिने सहमति गरेका सांसदहरूमा महेन्द्र राय यादव, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्रप्रसाद श्रृष्ठ, रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह, अमृता अग्रहरी, रामसहायप्रसाद यादव, मोहम्मद इस्तियाक राई छन्।

अन्य सांसद प्रदीप यादव, रामबाबु कुमार यादव, प्रमिला यादव, सुरेन्द्र यादव, सूर्यनारायण यादव, लीलादेवी सिटौला, नरमाया ढकाल, रानी मण्डल, रेणुका गुरुङ, प्रमोद साहले बैठकमा उपस्थित भएर देउवालाई विश्वासको मत दिने भनी हस्ताक्षर गरेका छन्।
 

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्