Kathmandu Press

राष्ट्रियसभाको नवौँ अधिवेशन प्रारम्भ

काठमाडौं, साउन ३ : राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ। सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए।उनले नेपाली...
राष्ट्रियसभाको नवौँ अधिवेशन प्रारम्भ

काठमाडौं, साउन ३ : राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ। सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

उनले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए बैठकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति दुई मिनेट मौनधारण गरिएको थियो।

अधिवेशन प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेकाले जोखिम नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिन सरकारसमक्ष माग गरे। 

जारी मनसुनका कारण प्राकृतिक विपद्का घटना पीडितको राहत, उद्धार तथा बास व्यवस्थापनका लागि थप प्रभावकारी काम गर्न उनले आग्रह गरे।

नेकपा एमालेका सुमनराज प्याकुरेलले सत्ता प्राप्तिका लागि दलीय प्रणालीलाईसमेत कमजोर पार्नेगरी सर्वोच्च अदालतको फैसलाले विधिको शासनमाथि प्रश्न चिन्ह लागेको र सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न खोजिएको आरोप लगाए।

उनले जनमतप्राप्त गरेर आफूहरु पुनः सत्तामा जाने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अगाडि सारेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अवरोध गरिएको बताए।

नेकपा माओवादी केन्द्र राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले प्रतिपक्षलाई विश्वासमा लिएर सहमति र सहकार्यको संस्कृतिलाई बढावा दिई मुलुकमा व्याप्त समस्याको समाधानका लागि सबै राजनीतिक दललाई आग्रह गरे । उनले संविधानको रक्षाका लागि सर्वोच्च अदालतले गत असार २८ गते गरेको फैसला दुरगामी महत्वको रहेको टिप्पणी गरे । 
 

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्