Kathmandu Press

चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, साउन ३ : चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।रत्ननगर–११ स्थित पन्चकन्या सामुदायिक वनमा न्युरो टिप्न गएका ७५ वर्षीय रोहिका...
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, साउन ३ : चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

रत्ननगर–११ स्थित पन्चकन्या सामुदायिक वनमा न्युरो टिप्न गएका ७५ वर्षीय रोहिका कुमालको गैंडाको आक्रमणबाट मृत्यु भएको हो।

आक्रमणमा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्