Kathmandu Press

जसपा सांसद रेणुका गुरुङ पनि यादव समूहतिर

काठमाडौं साउन ३ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षमा रहेकी सांसद रेणुका गुरुङ उपेन्द्र यादव समूहतिर लागेकी छन्। ठाकुर पक्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
जसपा सांसद रेणुका गुरुङ पनि यादव समूहतिर

काठमाडौं साउन ३ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षमा रहेकी सांसद रेणुका गुरुङ उपेन्द्र यादव समूहतिर लागेकी छन्। 

ठाकुर पक्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी गुरुङ यादव पक्षको बैठकमा सहभागी भएकी हुन् ।

यसअघि शनिबार बसेको बैठकमा सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए भने, रुही नाज मिकरानी पनि यादव पक्षमा सहभागी भएको यादव पक्षका नेताले बताएका छन् । 

यससँगै ३२ सदस्यीय संसदीय दलमा यादव पक्षमा १८ सांसद भएका छन् भने ठाकुर पक्षमा १४ रहेका छन् ।

प्रकाशित मिति: १५:५० बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्