चिकित्सा शिक्षाका प्रशिक्षार्थीलाई पिसिआर परीक्षणमा २५ प्रतिशत छुट
काठमाडौं, साउन ३ : सिनामंगल स्थित क्रिस्टल डायग्नोस्टिकले चिकित्सा शिक्षा अन्तर्गतका विषयको प्रवेश परीक्षा दिने परीक्षार्थीहरूलाई पिसिआर परिक्षणमा २५ प्रतिशत छुट दिने भएको छ। चिकित्सा...
काठमाडौं, साउन ३ : सिनामंगल स्थित क्रिस्टल डायग्नोस्टिकले चिकित्सा शिक्षा अन्तर्गतका विषयको प्रवेश परीक्षा दिने परीक्षार्थीहरूलाई पिसिआर परिक्षणमा २५ प्रतिशत छुट दिने भएको छ।
चिकित्सा शिक्षा आयोगले अगामी ९ गतेबाट सुरु हुने चिकित्सा शिक्षाको परीक्षामा उपस्थित हुनका लागि परीक्षार्थीको पिसिआर रिपोट अनिवार्य गराएको हुँदा उनीहरूको सहजताका लागि उक्त सेवा ल्याइएको क्रिस्टलले जानकारी दिएको छ।
यस्तै क्रिस्टलले युरोपियन स्टान्डर्ड सहितको उपकरण राखेर उक्त सेवा सुरु गरेको छ। परिक्षार्थीले प्रवेश परीक्षाको प्रवेश कार्ड (इन्ट्रान्स कार्ड) देखाएर सहजै उक्त सेवा लिन सकिने व्यवस्था रहेको क्रिस्टलले जनाएको छ।
आयोगले साउन ९ गतेदेखि एमबीबीएस, बिडिएस, बिएससी नर्सिङ, बिएएसएलपी, बिपिएचलगायतका विषयको प्रवेश परीक्षा मिति तोकिसकेको छ।
प्रकाशित मिति: १५:२७ बजे, आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)