Kathmandu Press

एमाले एकताका लागि गरिएको ३ महिनाको मेहनत खेर गयो : शंकर पोखरेल

काठमाडौं, साउन ३ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेको एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा कार्यदलका सदस्यसमेत...
एमाले एकताका लागि गरिएको ३ महिनाको मेहनत खेर गयो : शंकर पोखरेल

काठमाडौं, साउन ३ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेको एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा कार्यदलका सदस्यसमेत रहेका शंकर पोखरेलले बताए।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।’

आज बिहान पोखरेलसहितका कार्यदलका नेताहरूले नेता नेपालको निवासमा छलफल गरेका थिए । १० बुँदे सहमति कार्यान्वयन गराउन भन्दै कार्यदलमा रहेका नेताहरूले छलफल गरेका थिए ।

 

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्