Kathmandu Press

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन गगन थापा काठमाडौं आउँदै 

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पोखरामा रहेका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आउँदै छन् । कांग्रेस नेता रामजी कुँवरको स्मृति...
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन गगन थापा काठमाडौं आउँदै 

काठमाडौं, साउन ३ : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पोखरामा रहेका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आउँदै छन् । 

कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि काठमाडौं आउन लागेका हुन् । 

सडकमार्गबाट काठमाडौं आउँदै गरेका उनी पहिरोका कारण दमौलीमा रोकिएका थिए।

थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीका अनुसार उनी हेलि एभरेष्टमार्फत् काठमाडौं आएका छन्। थापासँगै पूर्वमन्त्री यज्ञ थापा पनि छन्।

 

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्