Kathmandu Press

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता

दमासकस, साउन ३ : चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत भएका छन् । उनीहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो। उनीहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो।

चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा छन् । उनले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गरेका थिए। यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताएका थिए ।  

Hardik ivf

त्यस अवसरमा सिरियामा शान्ति र यहाँको विकासका लागि चीन सधैँ सकारात्मक रहेको भन्दै चिनियाँ विदेशमन्त्री वाङले आगामी दिनमा पनि चीनले सिरियालाई आवश्यक सहयोग गर्ने बताएका थिए। सिरियामा लामो समयदेखि हिंसात्मक क्रियाकलाप जारी रहेका भन्दै उनले चीन सधैँ सिरियाली नागरिक र सिरियाका पक्षमा रहेको धारणा पनि राखेका थिए।

त्यस अवसरमा चिनियाँ विदेशमन्त्री वाङले हालै कोभिडका कारण समस्यामा परेको सिरियाका लागि कोभिड १९ का विरुद्धको खोप तथा अन्य औषधि तथा स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने जानकारी पनि दिएका थिए।
 

प्रकाशित मिति: १३:३० बजे, आइतबार, साउन ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्