Kathmandu Press

कोहलपुरमा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

कोहलपुरमा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

कोहलपुर, साउन ३ : बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका  एक वृद्धाको हत्या भएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेकोे जानकारी दिए।  

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र  हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए। अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए।
 

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्