Kathmandu Press

जिल्ला अदालत महोत्तरीमा ४९ दशमलव २० प्रतिशत मुद्दा फर्छ्योट

महोत्तरी, साउन ३ : जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। अदालतले आर्थिक वर्ष २०७७/०७८ मा कूल तीन...
जिल्ला अदालत महोत्तरीमा ४९ दशमलव २० प्रतिशत मुद्दा फर्छ्योट

महोत्तरी, साउन ३ : जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। 

अदालतले आर्थिक वर्ष २०७७/०७८ मा कूल तीन हजार ५४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा गत असार २५ गते  सम्ममा एक हजार ७४३ मुद्दा मात्र फर्छ्योट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले बताए।

यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन्।

यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले जानकारी दिए । 
 

प्रकाशित मिति: १२:५१ बजे, आइतबार, साउन ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्