रेडपान्डाको छालासहित दुईजना पक्राउ
काठमाडौं, साउन २ : काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित विष्णुमति करिडोर सडकबाट दुई थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं...
काठमाडौं, साउन २ : काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित विष्णुमति करिडोर सडकबाट दुई थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं शंखरापुर इन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्राती छन् ।
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त छाला फेला पारी पक्राउ गरेको प्रहरीले जनाएके छ।
प्रकाशित मिति: १७:२९ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











