Kathmandu Press

पाँचजना मृत अवस्थामा फेला 

काठमाडौं, साउन २ : बाँके नवलपरासी (पूर्व), कञ्चनपुर, कैलाली र धादिङमा एकएकजना गरी पाँचजना मृत अवस्थामा फेला परेका छन्।  बाँकेको नरैनापुर गाउँपालिका-४ स्थित...
पाँचजना मृत अवस्थामा फेला 

काठमाडौं, साउन २ : बाँके नवलपरासी (पूर्व), कञ्चनपुर, कैलाली र धादिङमा एकएकजना गरी पाँचजना मृत अवस्थामा फेला परेका छन्।  

बाँकेको नरैनापुर गाउँपालिका-४ स्थित सदाबहार सामुदायिक उपभोक्ता समितिको वनभित्र रहेको नहरमा सोही गाउँपालिका-४ दौलतपुर बस्ने ३० वर्षीय शिव भुसाल (दर्जी) शुक्रबार मृत अवस्थामा फेला परेका छन्। 

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका-११ भेडावारीस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

कञ्चनपुर, बेदकोट नगरपालिका-४ लिंगेश्वर धाममा विगत पाँच वर्षदेखि बस्दै आएका ७५ वर्षीय किशन नाथ (जोगी) आफ्नै कुटिको बाहिर शनिबार मृत अवस्थामा फेला परेका छन् । 

कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १६ बस्ने ३२ वर्षीय रमेश चौधरी आफ्नै घरको छतमा शनिबार मृत अवस्थामा फेला परेका छन्। 

धादिङको थाक्रे गाउँपालिका-७ कालिकास्थान बस्ने २३ वर्षीय राजकुमार परियार सोही गाउँपालिका–३ पापिङस्थित आग्रखोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १७:०३ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्