Kathmandu Press

सुनसरीमा करेन्ट लागेर युवकको मृत्यु

सुनसरी, साउन २ : सुनसरीको बराहक्षेत्र नगरपालिका-२ रेललाइन बस्ने २८ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ।आफ्नै घर वरीपरि हात्ती रोक्न...
सुनसरीमा करेन्ट लागेर युवकको मृत्यु

सुनसरी, साउन २ : सुनसरीको बराहक्षेत्र नगरपालिका-२ रेललाइन बस्ने २८ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ।

आफ्नै घर वरीपरि हात्ती रोक्न लगाएको फलामको तारमा करेन्ट लगाई छाडिएकोमा सोही तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र चतरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
 

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्