बलात्कार आरोपमा एकजना पक्राउ
उदयपुर, साउन २ : १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा रौतामाई गाउँपालिका-७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार बिहान प्रहरीले...
उदयपुर, साउन २ : १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा रौतामाई गाउँपालिका-७ रानीबास बस्ने २८ वर्षीय निर्जल केप्छाक्री मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
मगरले ती किशोरीलाई गत असार २९ गते जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:४१ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












