Kathmandu Press

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

काभ्रेपलाञ्चोक, साउन २ : आफ्नै बाबु  हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।काभ्रेको भुम्लु गाउँपालिका-९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा...
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

काभ्रेपलाञ्चोक, साउन २ : आफ्नै बाबु  हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

काभ्रेको भुम्लु गाउँपालिका-९ धेरैनी बस्ने ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

दुर्गाले ७० वर्षीय बाबु कमानसिंह तामाङलाई कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ। 

दुर्गाले कुटपिट गर्दा कमान सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: १६:३५ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्