जग्गा विवादमा पेस्तोल देखाइयो, दुईजना पक्राउ
सुनसरी, साउन २ : जग्गाबारे विवाद हुँदा पेस्तोल देखाएको भन्दै आज (शनिबार) दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरीको कोसी गाउँपालिका-५ का...
सुनसरी, साउन २ : जग्गाबारे विवाद हुँदा पेस्तोल देखाएको भन्दै आज (शनिबार) दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको कोसी गाउँपालिका-५ का विद्यानन्द यादव र इन्द्रदेव यादव छन्। उनीहरू दाजुभाइ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दाजुभाइबीच जग्गा सिमानाबारे विवाद हुँदै आएको बुझिएको प्रहरीले जनाएको छ।
विवादका क्रममा शनिबार विद्यानन्दले पेस्तोल देखाएको र इन्द्रदेवले प्रहरीलाई फोन गरेर बोलाएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीले विद्यानन्दको घरभन्दा ३ सय मिटर पूर्व कालो प्लाष्टिकले बेरेर राखेको कटुवा पेस्तोल र एक राउन्ड गोली फेला परेको छ।
प्रकाशित मिति: १६:२४ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












