Kathmandu Press

आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

पाँचथर, साउन १ : आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका...
आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु

पाँचथर, साउन १ : आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको शुक्रबार राति मृत्यु भएको परिवारजनले जनाएका छन् । 

Hardik ivf

बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राति आगलागी हुँदा घाइते भएका थिए। उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको मृत्यु भएको हो।

उहाँसँगै घाइते भएकी उहाँकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो। दीननाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो। 

भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए।

घाइतेमध्ये मृतक दीननाथका भाई मदन भने निको भइसकेको बताइएको छ। आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो। 

प्रकाशित मिति: १५:२५ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्