रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो
रसुवा, साउन २ : हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादनअन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा...रसुवा, साउन २ : हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादनअन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पु¥याइ छिटोछरितो फैसला हुन थालेपछि अन्यायका विरूद्व आफ्ना समस्या दर्शाइ न्यायालय जानेको सङ्ख्या बढ्न थालेको हो।
सम्बन्धविच्छेदका लागि दायर भएका मुद्दाउपर सुनुवाइका क्रममा सम्झाइबुझाई पुनःमिलन गराउने र यदि मिल्नै नसक्ने अवस्था आएमा मात्र छोडपत्रको फैसलातर्फ सम्मानित अदालत अगाडि बढ्ने गरेको छ। आर्थिक वर्ष २०७६÷७७ मा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा ३२ थिए भने गत आव २०७७÷७८ मा ३० मुद्दा दायर भएका अदालतका शाखा अधिकृत तहसिलदार रामचन्द्र मण्डलले जानकारी दिए।
गत आव २०७७÷७८ मा दायर भएको ४८ र विगत आव २०७६÷७७ मा प्रक्रियागतरूपले जिम्मेवारी सरेका समेत ७८ मुद्दा मध्ये ४३ फैसला भएका छन्। फैसला गर्न बाँकी रहेका मुद्दाको हकमा प्रमाण बुझी फैसलाको गृहकार्यमा अगाडि बढिरहेको बताइएको छ। वार्षिक लक्ष्यअनुरूप ६५ प्रतिशत मुद्दा फछ्र्योट भइसकेका अधिकृत मण्डलले बताए।
दायर भएका मुद्दामा सम्बन्धविच्छेद, सवारी ज्यान, बहुविवाह, जबर्जस्ती करणी, चेक बाउन्स चेक, घरेलु हिंसा, अंश चलन, अपहरण एवं शरीर बन्धक, जग्गा खिचोलाका साथै निषेधाज्ञाजस्ता प्रकरणका मुद्दा दर्ता भएका बताइएको छ।
गत आर्थिक वर्षमा अदालतको फैसलाबाट ११ अभियुक्त कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा ज्यान मार्ने, ज्यान मार्ने उद्योग गर्ने, आँखेटोपहार, अपहरण तथा शरीर बन्धक बनाउन, बहुविवाह गर्ने र जबर्जस्ती करणीजस्ता छन्।