भोलि बस्ने राष्ट्रिय सभा बैठकका लागि सम्भावित कार्यसूची प्रकाशित
काठमाडौं, साउन २ : राष्ट्रियसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक भोलि (आइतबार) अपरान्ह ४ बजेका लागि बोलाइएको छ।त्यसका लागि संसद सचिवालयले सम्भाविक कार्यसूची पनि...
काठमाडौं, साउन २ : राष्ट्रियसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक भोलि (आइतबार) अपरान्ह ४ बजेका लागि बोलाइएको छ।
त्यसका लागि संसद सचिवालयले सम्भाविक कार्यसूची पनि तय गरिसकेको छ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सम्भावित कार्यसूची जारी गरेका हुन्। सम्भावित कार्यसूचीको पहिलो नम्बरमा राष्ट्रियसभा अध्यक्षले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पत्र सुनाउने रहेको छ।
त्यस्तै दोस्रो नम्बरमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने रहेको छ।

प्रकाशित मिति: १३:३० बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











