Kathmandu Press

खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

देउखुरी, साउन २ : दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार प्रहरीले उनीहरुलाई अमिलियाबाट पक्राउ गरेको थियो।
 

प्रकाशित मिति: १३:२३ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्