Kathmandu Press

यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह

यातायात क्षेत्रका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, साउन २ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासङ्घका पदाधिकारीले कोरोना खोप सर्बसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको थियो। 
 
भेटमा महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो।
 

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्