Kathmandu Press

सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा शान्ति सैनिक अदलीबदली

काठमाडौं, साउन २ : संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मिनुस्का मिसन सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ सैनिक प्रहरी युनिट (शा.से.) छैटौं डफ्फालाई बदली गर्न प्रमुख...
सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा शान्ति सैनिक अदलीबदली

काठमाडौं, साउन २ : संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मिनुस्का मिसन सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ सैनिक प्रहरी युनिट (शा.से.) छैटौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी जीवन शर्माको कमान्डमा सैनिक प्रहरी युनिट (शा.से.) सातौं डफ्फाको ७२ जना नेपाली शान्ति सैनिक शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।

त्यसैगरी मिनुस्मा मिसन मालीमा तैनाथ इओडी गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगीत पुनको कमान्डमा इओडी गुल्म (शा.से.) आठौं डफ्फाको १ सय ३९ नेपाली शान्ति सैनिक पनि मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। 

साथै मिनुस्का तथा सो मिसनबाट आफ्नो कार्यकाल समाप्तिपछि नेपाली शान्ति सैनिकहरूको टोली आइतबार नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाको भनाइ छ । कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएको अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा स्वास्थ्य मापदण्ड पालना गरिएको जनाइएको छ ।

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्