शहीद परिवारलाई दुई हजार भत्ता
काभ्रे, साउन २ : काभ्रेपाल्चोकको चौरीदेउराली गाउँपालिकाले शहीद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ।आर्थिक वर्ष २०७८/७९...काभ्रे, साउन २ : काभ्रेपाल्चोकको चौरीदेउराली गाउँपालिकाले शहीद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै दुई हजार भत्ता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १० वर्षे जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहीद भएका तथा वेपत्ता पारिएकाहरुको जीवन निर्वाह भत्ता स्वरुप सहयोग उपलब्ध गराउन लागिएको उनको भनाइ छ।
आगामी वर्षको लागि गाउँपालिकाले ५२ करोड ११ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिकाले सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिएको छ।
प्रकाशित मिति: ०७:११ बजे, शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











