हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं, साउन १ : हाडनाता करणी मुद्दाका फरार अभियुक्त मोरङ रङ्गेली नगरपालिका ३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान...
काठमाडौं, साउन १ : हाडनाता करणी मुद्दाका फरार अभियुक्त मोरङ रङ्गेली नगरपालिका ३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
हाडनाता करणी मुद्दामा उच्च अदालत बिराटनगरको २०७४ असार २८ गतेको फैसलाले १७ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय वेरुजू रही फरार रहेका उनलाई मोरङ अमरदह नगरपालिका १ खैरबारीबाट फेला पारी उक्त ब्यूरोले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङ पठाईएको उक्त ब्यूरोले जनाएको छ ।
प्रकाशित मिति: १८:४२ बजे, शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











