Kathmandu Press

ट्याक्टर र टेम्पो ठोकिँदा दुईजनाको मृत्यु

झापा, साउन १ : झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज (शुक्रबार) दुई जनाले ज्यान गुमाएका छन्।भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्वरको ट्याक्टर...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईजनाको मृत्यु

झापा, साउन १ : झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज (शुक्रबार) दुई जनाले ज्यान गुमाएका छन्।

भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो एकापसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

Hardik ivf

दुर्घटनामा परी भद्रपुर नगरपालिका-१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।

छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्