Kathmandu Press

एमाले संसदीय दल बैठक जारी, नेपाल समूह अनुपस्थित

काठमाडौं, साउन १ : एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित उनको समूहमा...
एमाले संसदीय दल बैठक जारी, नेपाल समूह अनुपस्थित

काठमाडौं, साउन १ : एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ। 

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित उनको समूहमा आबद्ध सांसदहरूले भने सहभागिता जनाएका छैनन्। 

संसदीय दलको बैठक बस्नुअघि नै नेपाल समूहले अध्यक्ष केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जनाएको थियो। 

बैठकमा पुनःर्स्थापित संसदको पर्सि आइतबार (साउन ३ गते) बस्ने बैठकमा प्रतिपक्षीको भूमिकामा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति पनि तयार पारिने बताइएको छ।
 

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्