Kathmandu Press

काठमाडौं उपत्यकामा ५४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय...
काठमाडौं उपत्यकामा ५४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ४३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्