Kathmandu Press

अत्यधिक वर्षाका कारण आएकाे बाढीमा परी युरोपमा १०८ को मृत्यु

बर्लिन, साउन १ : अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी  ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।...
अत्यधिक वर्षाका कारण आएकाे बाढीमा परी युरोपमा १०८ को मृत्यु

बर्लिन, साउन १ : अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी  ९३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा  कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ। जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ। 

Hardik ivf

यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ।  यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन्। शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ । 

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ। नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन्। 

हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएका छन्। 

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, साउन १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्