Kathmandu Press

‍कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु

‍काठमाडौं, साउन १ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु...
‍कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु

काठमाडौं, साउन १ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा कांग्रेसको आसन्न १४औं महाधिवेशनबारे छलफल हुने बताइएको छ।

महाधिवेशनको तयारीसँगै सरकार सञ्चालनबारे पनि बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भर्दौ १६ देखि १९ सम्म काठमाडौंमा तय गरिएको छ। तर असार २० गतेभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने र असार मसान्तभित्र सभापति देवाले प्रमाणित गर्ने भनिए पनि अझै छानबिन जारी छ। यस विषयमा पनिआजको बैठकमा छलफल हुने बताइएको छ।
 

प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्